ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 तीन दिनदेखी अस्पतालमा दुई शव अलपत्र , करेन्ट लागेर बालकको मृत्यु


admin
३ कार्तिक २०७५, शनिबार   ४ : १२   बजे

 

सप्तरी, ३ कात्तिक । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा विगत तीन दिनदेखी एक महिला र एक बृद्धको शव अलपत्र अवस्थामा रहेको छ ।

तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो । कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो ।

प्रहरीले घटनास्थलमा मधेशी मूलकी देखिने महिलाको शवको सरजमिन मुचुल्का बनाएर पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए ।त्यस्तै सोही दिन पूर्वपश्चिम राजमार्ग अन्तगत सप्तरीको कल्याणपुर सडक खण्डमा गम्भिर घाइते भएको अवस्थामा फेला परि उपचारको क्रममा मृत्यु भएका अन्दाजी ६० वर्षिय एक बृद्धको शव पनि पोष्टमार्टम कक्षमा वेवारिसे अवस्थामा छन् ।

तीन दिनदेखी कोही आफन्त नआए पनि उनलाई मानविय संवेदनशिलताका कारण अस्पतालका चिकित्सक र नर्सले निशुल्क उपचार गरेका थिए । शवले अस्पताल दुर्घन्धित हुन नदिन पोष्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पुरा गरि अन्तिम संस्कार गराउने तयारी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर शनिबार एक बालकको ज्यान गएको छ । आफ्नै फुलवारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर सप्तरीको राजगढ गाउँपालिका ३ कट्टी गाउँ बस्ने १४ वर्षिय बालक उमेश कुमार साहको ज्यान गएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याइएको थियो । तर, अस्पताल ल्याउनु पूर्व नै उनको मृत्यु भइसकेको डा. सुभाष चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu