ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै मात्र ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरितः रुसी विदेश मन्त्रालय


admin
४ कार्तिक २०७५, आइतबार   ३ : २७   बजे

 

मस्को, ४ कात्तिक ।  रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

“यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो । के यो सम्भव छ ? छैन,” विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो ।

ती अधिकारीले रसियाले आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीतिको धेरैपटक खुलेरै बिरोध गरेको बताए ।

वासिङ्टनले विगतदेखि नै यो सम्झौताको उल्लङ्घन गरिरहेको थियो, नाम बताउन नचाहने ती अधिकारीले बताए । “यो निर्णय विगतमा अन्तर्राष्ट्रिय कानुनी सम्झौताबाट फिर्ता हुने अमेरिकी नीतिकै एक हिस्सा हो जसले दुवै मुलुकबीच आणविक अप्रसारमा समान जवाफदेहीता सुनिश्चित गरेको थियो ।”

रुसी सिनेटर अलेक्सी पुस्कोभले ट्वीट गर्दै ट्रम्पको पछिल्लो कदम विश्वमै रणनीतिक स्थायित्वको सम्पूर्ण प्रणालीका विरुद्धको दोस्रो घातक प्रहार रहेको बताउनुभयो । यसअघि पनि वासिङ्टन सन् २००१ मा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धिबाट अलग भएको थियो ।

“फेरि पनि सम्झौता तोड्ने अगुवाइ संयुक्तराज्य अमेरिकाले नै गरेको छ,” पुस्कोभले लेख्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावीसभा पछि पत्रकारहरुसँग कुरा गर्दै रुससँग गरिएको शीतयुद्धकालीन आणविक अस्त्रसम्बन्धी सन्धिबाट अमेरिका अलग हुने योजना बनाएको बताउनुभएको थियो । आलोचकहरुले विश्वकै महाशक्ति राष्ट्र हुने अमेरिकी चाहनाबाट अभिप्रेरित रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले तीन दशकअघिको मध्यमदूरीको आणविक अस्त्रसम्बन्धी सन्धि (आइएनएफ) को रुसले लामाे समयदेखि उल्लङ्घन गरेको दाबी गर्नुभयो । यो सन्धि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्भाचोभबीच सन् १९८७ मा भएको थियो ।

“रसियाले यो सन्धिको उल्लङ्घन गरेको छ । धेरै वर्षदेखि उनीहरुले यसको उल्लङ्घन गरिरहेका छन् । मलाई थाहा छैन पूर्व राष्ट्रपति बाराक ओबामाले यो सन्धिबारे किन वार्ता गरेनन् वा सम्झौताबाट अलग हुने निर्णय गरेनन् । हामी आणविक सम्झौता उल्लङ्घन भइरहन दिँदैनौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group