ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा नेपालकै पहिलो औधोगिक ग्राम स्थापना


एबीसी न्यूज
६ कार्तिक २०७५, मंगलबार   ९ : १५   बजे

धनकुटा, ६ कात्तिक । स्थानिय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि धनकुटामा नेपालमै पहिलो औधोगिक ग्राम स्थापना गरिएको छ । तर औधोगिक ग्राम सञ्चालनको कार्यबिधि नबन्दा पहिलो चरणका भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेका छैनन ।

उद्योग स्थापनाको लागि धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो । तर लामो समयसम्म कुनै पनि उद्योग स्थापना हुन नसक्दा संरक्षण अभावका कारण अधिग्रहण गरिएको जग्गा बेवारीसे बन्यो । अन्तत औधोगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको सो जग्गा औधोगिक ग्रामको नाममा ल्याएर औधोगिक ग्राम स्थापनाको तयारी गरियो । पहिलो चरणमा सुर्खेत र धनकुटामा औधोगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ । यो सञ्चालनमा आएपछि पूर्वीपहाडको घरेलु तथा साना उद्योगको प्रबद्र्धनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय प्रमुख दिपक पौडेलले बताए ।

हालसम्म करिब ४ करोड रुपैया“को लागतमा औधोगिक ग्रामको ४८ मध्ये पहिलो चरणमा १३ वटा ब्लक निर्माण गरिएको छ । त्यस्तै पह“ुच मार्ग, पर्खाल, गेट, दुई वटा शौचालय, बाथरुम, नालि र पानी ट्याङ्की निर्माण गरिएको छ । अब थप दुई चरणमा गरि थप ३५ ब्लक निर्माण हुने छन् । जहा“ साना उद्योग, आवास, बिक्रि कक्ष, बाल केयर सेन्टर, स्वास्थ्य सेवालगायतका सबै सेबा औधोगिक ग्राम भित्रै उपलब्ध हुने छन् । जग्गा अधिग्रहणको लामो समय पछि पुर्र्वाधार निर्माण भएपछि स्थानिय बासिन्दा तथा उद्यमी समेत खुसी बनेका छन् । स्थानियले रोजगार पाउने तथा धेरै उद्योग एकै ठा“उमा एकिकृत हुद“ा धेरै फाइदा पुग्ने स्थानिय उद्यमी कबिता कन्दङ्वाले विश्वास ब्यक्त गरिन ।

तर औधोगिक ग्रामको पहिलो चरणको काम सम्पन्न हुदा“ समेत सञ्चालन कार्यबिधि निर्माण हुन सकेको छैन । औधोगिक ग्राम कसको मातहतमा रहने भन्ने आन्यौलताका कारण कार्यबिधि बन्न नसकेको हो । जसका कारण पहिलो चरणमा सम्पन्न भएका भबन समेत सञ्चालनमा आउन सकेका छैनन् । अहिले त सरकारले एक स्थानिय तह एक औधोगिक ग्रामको नारा अघि सारेको छ । तर यो नारा अगाबै निर्माण सुरु गरिएको औधोगिक ग्राम तत्काल कार्य सञ्चालन बिधि निर्माण गरि सञ्चालन गर्न आवश्यक छ । यसले पूर्वी पहाडका साना उद्योगको प्रबद्र्धन गर्नुका साथै नेपालकै पहिलो र नमुना औधोगिक ग्राम बन्नेमा समेत दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu