ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य :मोदी


admin
१६ असार २०७४, शुक्रबार   १२ : ४७   बजे

भारत, १५ असार । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो ।

सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ ।

भारतीय प्रधानमन्त्रीले भन्नुभयो, आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मा गान्धीका सपनाअनुरुप राष्ट्रको विकासमा लार्गौँ । स्वतन्त्रताका लागि सङ्घर्ष गरेको सपुतलाई खुशी पारौँ ।

राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाईको संरक्षणका नाममा भएका विभिन्न घटनामा धार्मिक हिंसा बढेको समयमा आएको हो । गत हप्ता मथुराका लागि हिँडेको रेलमा हिँडेका एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उहाँका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गर्नुभयो ।

हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group