ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय रेल सेवाको सुधारमा मोदी आबे वार्ता


admin
२८ भदौ २०७४, बुधबार   ३ : ०८   बजे

नयाँ दिल्ली, २८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको छ । उहाँहरुबीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो ।

भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ । धेरै भन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ । भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ ।

भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको थियो ।

बुलेट ट्रेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचनको अभियानका समयमा अघि सारेको कार्यक्रम हो । उहाँले आफूले निर्वाचन जितेमा भारतमा बुलेट ट्रेन सेवा विस्तार गर्ने बताउनुभएको थियो ।

भारतीय रेल सेवा पुरानो र जीर्ण अवस्थामा पुगेको बताइन्छ । यो सेवा भारतमा बेलायती साम्राज्यकालीन समयमा विस्तार गरिएको हो ।

उहाँहरुबीच बुधबार बिहान भएको भेटवार्तामा द्विपक्षीय आपसी सहयोगको अभिबृद्धिका साथै आर्थिक विकास र लगानीका क्षेत्रमा पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group