ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल


admin
१८ कार्तिक २०७५, आइतबार   १ : ४४   बजे

लन्डन, १८ कात्तिक । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।

विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ ।

इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताउनुभयो । उहाँले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताउनुभयो ।

इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ । सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ ।

इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ । ओपेकसँग आबद्ध राष्ट्रहरुमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो ।

संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो । “संयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,” युबिएस विश्लेषक जिओभानी स्टाउनोभोले बताउनुभयो । उहाँले तेलको मूल्य बढ्ने चेतावनी समेत दिनुभयो ।

तर, एक महिनाभित्रकै अवधिमा तेलको मूल्यमा झण्डै १५ अमेरिकी डलरले कमी आएको छ । गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्ष यताकै उच्चविन्दु अर्थात् प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो ।

संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरेपनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गर्नुभएको थियो । तर, उहाँले ती देशहरुको नाम सार्वजनिक गर्नुभएको छैन ।

टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ । विश्लेषकहरुले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन् । विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो ।

“हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्च अघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,” नेटिक्सीसका विज्ञ जोल हान्ककले बताउनुभयो ।

तेल उत्पादक अरु कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरु साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन् ।

“साउदी अरेबियाले प्रति दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्दछ, तर यसको लागि ठूलो लगानी गर्नु पर्नेछ,” हान्ककले बताउनुभयो । अहिले प्रति दिन साउदी अरेबियाले एक करोड १० लाख ब्यारेल तेल उत्पादन गरिआएको छ ।

उहाँको विचारमा साउदी अरेबियासँग अहिले तीन लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ । हान्ककले भन्नुभयो, “इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन ।”

विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group