ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने


admin
१९ कार्तिक २०७५, सोमबार   ५ : ००   बजे

याङ्गुन, १९ कात्तिक ।  म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै सरकारी सञ्चार माध्यम ग्लोबल न्यू लाइटले उक्त जानकारी दिएको छ ।

स्वदेश फर्कनेहरुका निम्ति एन्गाखुया र पो खाउङमा घरहरु, स्वास्थ्य क्लिनिक, खानेपानी लगायतका पूर्वाधार तयार पारिएको छ ।

म्यान्मार र बंगलादेशबीच गत अगस्टमा सम्पन्न मन्त्रीस्तरीय बैठकमा म्यान्मारको पश्चिमी राज्यबाट विस्थापित भएर बंगलादेश पुगेका अल्पसंख्यक रोहिङ्ग्या समुदायलाई स्वीकार गर्ने सहमति भएको थियो ।

रोहिङ्ग्या समुदायको फिर्तीका निम्ति दुई देशबीच १० बुँदे समझदारीमा हस्ताक्षर भएको थियो । समझदारीमा विस्थापित व्यक्तिलाई सम्मानजनक व्यवहार गर्ने, आतङ्कवादसँग जुध्ने र सीमा क्षेत्रमा लागूऔषधको कारोबार रोक्ने लगायतका विषयमा सहमति भएको थियो ।

म्यान्मारले स्थानीय र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वग्रस्त रखाइन राज्यको पुनर्निर्माणमा सघाउन आग्रह गरिआएको छ । गत वर्ष नोभेम्बरमा बंगलादेशसँगको सम्झौता बमोजिम विस्थापितलाई स्वदेश फर्काउन म्यान्मारले प्रयत्न जारी राख्नुका अतिरिक्त रखाइन राज्य सम्बन्धी विशेष परामर्श आयोगको सुझावलाई पनि सरकारले कार्यान्वयन गरिरहेको छ ।

गत वर्ष जुनमा म्यान्मारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र राष्ट्रसङ्घीय शरणार्थी आयुक्त (युएनएचसीआर) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यो समझदारी अनुसार दुवै निकायले रखाइन राज्यका विस्थापित व्यक्तिहरुका लागि म्यान्मार सरकारको पुनस्र्थापना कार्यक्रमलाई मद्दत गर्नेछन् ।

गत वर्ष पनि रखाइन राज्यमा सक्रिय अराकान रोहिङ्ग्या मुक्ति सेना (एआरएसए) ले प्रहरी र सेनाका चौकीमा आक्रमण गरेका थिए । म्यान्मारका सेना र प्रहरीमाथि विद्रोहीले गरेको आक्रमणपश्चात सैनिक कारबाही हुँदा सात लाखभन्दा बढी रोहिङ्ग्या समुदाय रखाइनबाट विस्थापित भएका थिए । तर सैनिक कारबाहीका क्रममा मानव अधिकारको चरम उल्लङ्घन भएको विभिन्न अनुसन्धानले देखाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group