ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोषी – प्रज्ञा–सिस्नुपानी देउसी


एबीसी न्यूज
२३ कार्तिक २०७५, शुक्रबार   ९ : २१   बजे

काठमाडौँ, २३ कात्तिक ।  दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।

देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

सिस्नुपानी देउसीका अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहादेखि बिजुलीको पाइपलाइनबाट भात पकाउनेसम्मका खेर जान लागेको वाचा, निर्मला पन्तका हत्यारा र बलात्कारी उम्किएको प्रसंग तथा ३३ किलो सुन तस्करीको अनुसन्धान ओझेलमा परेको घटनाहरु उठाए।

दुईतिहाई सरकारका मुखिया ओलीलाई  अरुलाई भन्दा बढी माया गरी प्रस्तुत गरे कलाकारका वाक्यहरुले, उनका समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोष देखाएर। अर्थात् प्रधानमन्त्री ओलीलाई आगामी खतराप्रति सचेत गराइएकाे थियाे ।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

गण्डकी प्रदेशस्तरीय दोस्रो तीज नृत्य प्रतियोगिता भदौ २१ मा, २० टोली सहभागी हुने

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu