ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियामा आगलागीमा पाँच जनाको मृत्यु


admin
२४ कार्तिक २०७५, शनिबार   ११ : ५०   बजे

 एजेन्सी, २४ कात्तिक ।  संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण शुक्रबार मात्र पाँच जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको उत्तरी भागबाट यात्रा गरिरहेका व्यक्तिहरुको सवारी साधनलाई आगोले छोएको थियो । त्यसपछि ती सवारीमा रहेका पाँच जनाको ज्यान गएको बताइएको छ ।

उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ । समय समयमा सरकारले आगो निभाएको बताएपनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । क्यालिफोर्निया राज्यको उत्तरतर्फ रहेको बुटे काउन्टीमा ती व्यक्ति यसरी आगोमा परेका हुन् ।

शुक्रबार देखिएको यो आगलागी क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १३० किलोमीटर उत्तरमा रहेको उक्त काउन्टीको जंगलमा हो । सो क्षेत्रमा गत वर्ष पनि बढी मात्रामा आगो लागेको बताइएको थियो ।

सो क्षेत्रमा अग्निनियन्त्रक र अरु उद्धारकर्मीहरु परिचालन गरिएको भए पनि आगो निन्त्रणमा लिन सकिएको छैन ।

तर अधिकारीहरुले सो आगलागी जंगलमा भएको आगलागीबाट नभएको बताएका छन् ।
उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जंगलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् ।

तर यस कुराको पुष्टि भने भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । यस विषयमा यहाँको वन विभागले भने कुनै थप सूचना दिएको छैन ।

प्रहरीले आगो लागेर जलेका पाँच ओटा शव भेटिएको र अरु दुई जना जलेका व्यक्तिको उपचार जारी रहेको बताएको छ । साथै प्रहरीले मारिएका व्यक्ति उक्त जंगलमा विगतदेखि नै लागेका आगोका कारण हो या शुक्रबार दुर्घटना भएको हो भन्ने बारेमा खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group