ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाको न्यायका लागि पीडित परिवारले गरे अनिश्चित्कालीन धर्ना


admin
२५ कार्तिक २०७५, आइतबार   ५ : ०८   बजे

काठमाडौं,२५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दवाव दिँदै आईतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरु गरेका छन ।

निर्मलाकी बुबा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरुले न्यायका लागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन । सरकारलाई न्याय दिन बाध्य पार्न थप दवाव दिन अनिश्चितकालीन धर्ना दिन सुरु गरिएको निर्मलाकी बुबा यज्ञराज पन्तले जानकारी दिनु भयो ।

धर्ना दिनु अघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै अधिकारकर्मीहरुसहितको ¥याली निकालिएको थियो । सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरुकै उपस्थितिमा थप दवाव दिन धर्ना अभियान सुरु गरिएको पनि यज्ञराजले बताउनु भयो । नागरिक समाज र संचारकर्मीहरुको पहलमा भने निर्मलाले न्याय पाउने पीडित परिवारको विश्वास छ ।

पीडित परिवारले निर्मलाले न्याय नपाए आमरण अनसन बस्ने चेतावनी पनि दिएका छन । यज्ञराजले छोरीलाई बलात्कारपछि हत्या गर्ने अपराधिलाई पक्राउ गरी कार्वाही नगरे आफूहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिनु भयो । उहाँले सरकारले अपराधिलाई पत्ता लगाउन नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

धर्नामा निर्मलाका बुबाआमासँगै बहिनी सरस्वती, भाई मोहित रहेका छन । त्यसैगरी कान्छी आम लक्ष्मी र आफन्तहरु पनि धर्नामा सहभागी भएका छन । यस अघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेट गरी धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

यज्ञराजले छोरीको हत्यारा पत्ता नलागे आफूहरु मर्न तयार हुने चेतावनी पनि दिनु भयो । गत श्रावण १० गते साथीको घरमा गएकी निर्मलाको दोस्रो दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।

सोही दिनदेखि हत्यारा पत्ता लगाउन माग गर्दै पीडित परिवार, आफन्तको साथमा देशभर आन्दोलन हुँदा पनि सरकारले अझै अपराधि पत्ता लगाउन सकेको छैन । त्यसक्रममा निर्मलाकी बुबाआमा न्याय माग्दै काठमाडौं समेत आएका थिए ।

प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आग्रह गर्दा पनि अझै आफूहरुले न्याय पाउन नसकेको निर्मलाका बुबा यज्ञराज र आमा दुर्गाको गुनासो छ । पीडित दुवैले छोरीले न्याय नपाए आफूहरु आत्महत्या गर्न तयार हुनेतर्फ पनि सरकारलाई सचेत गराउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group