ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ६ : ३५   बजे

काठमाडाैं, २७ कात्तिक ।   छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गर्नुभएको हो । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सक्नुभएन ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिनुभयो । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उहाँले प्रतिक्रिया दिनुभयो । नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उहाँले बताउनुभयो ।

आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताउनुभयो । सो क्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ । काठमाडौँका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ । तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ। कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी भएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सकेनन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group