ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई बाँड्ने प्रेमिका


एबीसी न्यूज
६ मंसिर २०७५, बिहिबार   ७ : ३२   बजे

 

न्यूज  एजेन्सी, ६ मंसिर ।   मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई खान दिएको न्यायीक अधिकारीले बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको घटनामा मोरक्कोकी महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यहिँ कार्यरत पाकिस्तानी कामदारलाई दिएको खुलेको हो ।

ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको र घटना हालै मात्रै थाहा भएको छानबिनमा संलग्न भएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

ती महिलाले प्रयोग गर्दै आएको ब्लेन्डर (मिक्चर) मा मानिसको दाँत भेटिएपछि घटनाबारे थाहा भएको हो । युएईको सरकारी पत्रिका द नेशनलका अनुसार ती महिलाले अपराध स्वीकार गरेकी छन्। उनले त्यो समयलाई पागलपनको अवस्था भनेको पनि खबरमा उल्लेख छ ।

अनुमानित ३० वर्षकी ती महिलाको अपराधका सम्बन्धमा अनुसन्धान भइरहेको छ । हत्या भएका व्यक्तिसँग उनी सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको ती महिलाले बताएकी छन् ।

उनले कसरी हत्या गरिन् भन्ने खुलाइएको छैन । तर प्रेमीको शरीरको मासु र भात नजिकै काम गर्दै आएका पाकिस्तानीलाई दिएको उल्लेख गरिएको छ ।

पीडितका भाइ भेट्न गएका बेला ब्लेन्डरमा मानिसको दाँत फेला परेपछि घटना बाहिर आएको हो । उनले आफ्ना दाइ बेपत्ता रहेको उजुरी दर्ता गरे । त्यसपछि दाँतको डिएनए परीक्षण भयो र घटना सार्वजनिक भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group