ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका राष्ट्रपति सी जिनपिङ पनामा भ्रमणमा


admin
१७ मंसिर २०७५, सोमबार   १२ : ५६   बजे


एजेन्सी,१७ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको छ । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपति सी र उहाँका श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस भरेला र उहाँकी श्रीमती लोरेना क्यासटिल्लो गार्सियाले पनामा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

चिनीयाँ पाहुनाको स्वागतमा स्थानीय समुदायको एक समूहले सांस्कृतिक नाचगान प्रस्तुत गर्नुका साथै सडकमा दुबै देशको राष्ट्रिय झण्डा फहराइएको थियो ।

राष्ट्रपति सीले पनामामा भव्य स्वागत गरिएकामा पनामा सरकार र स्थानीय जनताप्रति कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गर्नुभएको छ ।

चिनीयाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रहरुको बैठक जी–२० मा सहभागी भएर पनामा पुग्नुभएको हो । यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताहरुबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्नु हुनेछ । यसअघि उहाँले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसक्नु भएको छ भने पनामापछि उहाँ पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu