ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर


एबीसी न्यूज
४ पुस २०७५, बुधबार   ८ : २८   बजे

भीमदत्तनगर, ४ पुस ।  कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आज आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिनुभयो । उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

आजै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरुद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए । तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए । खडकले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन

भोटेकोसीमा फेरि पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu