ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ


admin
१२ पुस २०७५, बिहिबार   ७ : ०१   बजे

काठमाडौं,१२ पुस । अष्टे«लियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् ।

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले आज भएको तेस्रो खेलमा सिड्नी सिक्सविरुद्ध दुई विकेट लिन सफल भएका छन् । चार ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर दुई विकेट लिन सफल भएका हुन् । उनले सिड्नी सिक्सक मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए ।

आजको खेलमा दुई विकेट लिएपछि प्रतियोगितामा उनको विकेट सङ्ख्या सात पुगेको छ । उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन् । सन्दीपले पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध दुई तथा दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिएका थिए ।

रवि सम्मानित 

लामो समयदेखि विदेशमा रही कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत नेपाल वादोकाइ कराते सङ्घ र जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घले खेलाडी रवि शाहीलाई आज सम्मान गरेको छ ।

लामो समयदेखि युएइमा रही कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत रवीलाई जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घका सचिव सुमन तिमिल्सिना र मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले रविलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

सन् २००७ मा रोजगारीको सिलसिलामा रवि दुबई गएका थिए । करीब तीन वर्ष रवि दुबईस्थित कुरियर कम्पनीमा कार्यरत रहे । सन् २०१० देखि भने रवि दुबईमै करातेको प्रशिक्षण क्षेत्रमा हालसम्म सङ्लग्न रहँदै आएका छन् ।

सन् २०१० मा रविले दुबईमै रहेको जापान कराते सेन्टरमा प्रशिक्षण गराउने अवसर पाएका थिए । हाल रविले दुबईमा रहेका अन्य नेपाली खेलाडीसँग मिलेर एभरेष्ट मार्सल आर्ट क्लब सञ्चालन गरिरहेका छन् । रवि क्लबका प्राविधिक निर्देशक तथा प्रमुख प्रशिक्षक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu