ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसवर्ष धान उत्पादनमा करिब नौ प्रतिशतले वृद्धि, आत्मनिर्भर हुन ५ टन अपुग


एबीसी न्यूज
१३ पुस २०७५, शुक्रबार   ८ : ४६   बजे


काठमाडौं, १३  पुस ।सरकारी तथ्यांकअनुसार यस वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो गत वर्षको भन्दा करिब नौ प्रतिशत बढी हो । उत्पादन बढे पनि मुलुकलाई चामलमा आत्मनिर्भर बनाउन यो परिणाम यथेष्ठ छैन ।

किनकि, एक जनाका लागि एक वर्षमा १ सय ३७ किलो चालम आवश्यक पर्दछ । यस मागलाई पूरा गर्न ६१ लाख टन धान चाहिने सरकारी तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष झै यस वर्ष पनि धान उत्पादन वृद्धिले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यस वर्ष ८.८९ प्रतिशतले उत्पादन वृद्धि भएको छ । अघिल्लो वर्ष ५२ लाख ३० हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्ष १४ लाख ६९ हजार ५ सय ४५ हेक्टरमा जग्गामा खेती गरिएको थियो । यस वर्ष १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा धान खेती गरिएको थियो। जुन अघिल्लो वर्षभन्दा २० हजार हेक्टर बढी हो । मौसम अनुकूल भएको र आवश्यक मलखाद लगायत सामग्री समयमै उपलब्ध भएकाले पनि धान उत्पादन बढेको मन्त्रालयको दावी छ ।

प्रदेशगत रुपमा छुट्याउ“दा सबैभन्दा धेरै धान प्रदेश नम्बर २ मा उत्पादन भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ । उत्पादकत्वका हिसाबले प्रदेश नम्बर ३ मा सबैभन्दा बढी तीन दशमलव ९० मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको छ । होल्ड….
प्रदेश नं. २ ९५ हजार ४४ टन धान उत्पादन भएको छ । प्रदेश १ १२ लाख ३७ हजार ९ सय ५२ टन, प्रदेश ३. ५२ लाख १ हजार ४ सय ४६, प्रदेश ४ गण्डकी ४२ लाख ७ हजार ६ सय ८९,प्रदेश ५ ११ लाख ८८ हजार ६ सय ७५, प्रदेश ६ कर्णाली प्रदेश १ लाख ३३ हजार ५ सय ७५ टन, प्रदेश ७ सुदर पश्चिममा ६ लाख ५ हजार ६ सय २५ टन, अनुकूल मौसम साथै सरकारले धान उत्पादनलाई विशेष जोड दिएका कारण पछिल्लो वर्ष धान उत्पादनमा सकारात्मक परिवर्तन भइरहेको विज्ञहरुको भनाइ छ ।

सरकारले कृषि क्षेत्रमा कुल बजेटको २.७ प्रतिशत बजेट विनियोजन गरेको छ । तर, उक्त बजेट अपुग रेहेको सरोकाववाला निकायको भनाइ छ। ् । उनीहरुले कृषि क्षेत्रको विकासका लागि कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । बाइट….
धान उत्पादन बढाउन बीउ, मल सिंचाई सबैको तादत्म्यता मिलाउनुपर्ने आवश्यक छ । यसका लागि व्यवस्थित कृषि नीति अवलम्बन गर्नुपर्ने आवश्यक छ । यसो गरे मुलुक चामलमा आत्मनिर्भर बन्न गाह्रो नभएको विज्ञहरुको तर्क छ ।

सरकारको अध्ययनअनुसार प्रतिवर्ष प्रतिव्यतिm १ सय ३७ किलो चालम खपत हुने गर्दछ । यस मागलाई पूरा गर्न ६१ लाख टन धान आवश्यक पर्दछ । तर, यस वर्ष उत्पादन भएको धान उक्त परिणामभन्दा कम छ । त्यसैले मुलुकलाई चामलमा आत्मनिर्भर बनाउन धान उत्पादनलाई अझै बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu