ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न सरकार लागि परेको छ : मन्त्री अधिकारी


admin
१६ पुस २०७५, सोमबार   १ : १७   बजे

 

काठमाडौं,१६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सार्नु भएको छ ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पार्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गर्नु भयो । मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराउनु भयो ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधारको अवस्थामा सुधार ल्याउन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

पर्यटन क्षेत्रलाई सेवाको रुपमा नभई व्यापारको रुपमा जोड दिँदा पर्यटन क्षेत्रको विकासमा टिकाउ नहुने प्रम्ख कार्यकारी अधिकृत जोशीको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको विकासका लागि सकारात्मक सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group