ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौँ  :अध्यक्ष प्रचण्ड


admin
१६ पुस २०७५, सोमबार   १ : ३३   बजे

काठमाडौं,१६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले यस्तो बताएका हुन। अध्यक्षले भने, ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन ।

उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए ।

प्राप्त उपलब्धी सानो र सजिलो गरी नभई हजारौको बलिदानबाट भएको उनको भनाई थियो । अध्यक्षले भने ‘समाजवादको यात्रा महान् गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ति सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ । तपाईहरु आउनुभएको छ, एउटा ईंटा थप्ने काम भएको छ ।’

कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेता तथा कार्यकर्ताहरुलाई अध्यक्षले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराएको थिए ।

पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास सहित पार्टीमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu