ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको प्रज्ञा भवनमा बालबालिकासँग प्रधानमन्त्री ओली


admin
१७ पुस २०७५, मंगलबार   ४ : १६   बजे

काठमाडौं,१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो ।

त्यस क्रममा प्रधानमन्त्री उहाँले नयाँ पुस्ता बहुतै ‘ट्यालेन्ट’ रहेको बताउनु भयो । नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिनु भएको हो ।

उहाँले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसमा क्रममा सुधार गर्दै लैजाने योजना पनि बालबालिकालाई सुनाउनु भयो ।

प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तराष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गर्नु भयो ।

बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो (?) भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्नु भयो ।

आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन पनि अंग्रेजी भाषा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भातृ भाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्ने उल्लेख गर्दै अंग्रेजी भाषाको पनि आवश्यक्ता झनै बढेर गएको बताउनु भयो ।

विभिन्न देशमा गुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा पनि जोड दिनु परेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामूदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group