ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरु योजना (भिडियोसहित)


एबीसी न्यूज
२६ पुस २०७५, बिहिबार   १२ : १४   बजे

काठमाडौं, २६ पुस । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरु योजना बनको छ । १५ वर्षे गुरूयोजना बनाएर पशुपति क्षेत्रको समग्र विकास निर्माण प्रक्रियालाई अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरुसगको परामर्श सुरु गरिएको हो ।

१५ वर्षे गुरुयोजना बनाएर पशुपति क्षेत्रको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरुस“ग परामर्श सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रभित्र रहेका कला, कौशलको समेत जर्गेना हुने गरी विकास निर्माणको कामलाई अघि बढाउने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकालको भनाई छ । कोषले हिन्दु धर्म र त्यससग सम्बन्धित धार्मिक स्थलहरुको भौतिक निर्माणका सम्बन्धमा पनि अध्ययन गरेर पशुपति क्षेत्रको विकास निर्माण गर्ने सदस्य सचिव ढकालले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राखेका थिए । नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने बताए । उनले पशुपति क्षेत्रको सबै सम्पदाहरुको उचित व्यवस्था गर्न पनि पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण पनि गराए । बुधबार पशुपति क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले नेपालको सनातन धर्मकै पवित्र स्थल रहेको पशुपतिनाथ क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सरकारले विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ । पशुपति क्षेत्रको कला कौशललाई जोगाएर यसको पुनर्निर्माणको कामलाई गति दिनुपर्नेमा सम्बन्धित क्षेत्रको विज्ञहरुले जोड दिदै आएका छन् । पशुपति क्षेत्र विकास कोषले भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघि बढाउन पनि गुरु योजनाको आवश्यकतामा जोड दि“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङ कालिका भगवती गुठीको अध्यक्षमा रामबहादुर खड्का नियुक्त

भोटेकोशी बाढी : नेपाल विद्युत् प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu