ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई रोजगार दिन सरकारले प्रक्रिया अघि बढायो : श्रममन्त्री विष्ट


admin
२७ पुस २०७५, शुक्रबार   ६ : ३०   बजे

काठमाडौं,२७ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगार भत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउनुभयो । मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

महोत्सवमा २५० प्रदर्शनी कक्ष छन् । महोत्सव उद्घाटनपूर्व रामपुरको बेझाड बजारदेखि महोत्सवस्थलसम्म स्थानीय संस्कृति दशावतार बालन, लोकभजनको साथमा आमा समूह, महिला समूह गरी विभिन्न समूहको सहभागितामा ¥याली निकालिएको थियो ।

रामपुरलगायत कालीगण्डकी बेँसी क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन, कृषि, घरेलु उत्पादन, स्थानीयका खानाका परिकार, संस्कृति, कृषि तथा पशुमेला प्रदर्शनीलाई प्राथमिकता दिने गरी महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।

राम्दीदेखि केलादीधाम र केलादी धामदेखि पुट्टारघाटसम्म कालीगण्डकीमा जलयात्रा, कालीगण्डकीसँग जोडिएका रानीमहल, केलादीधाम, पुर्कोट, सत्यवती, गह्रौसुर, रम्भादेवी मन्दिर, रामघाट, सीताकुण्ड, झिरुवासको कबुलियती वन, नवलपुरको डेढगाउँमा रहेको अकलादेवीको मन्दिरलगायत आसपासका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको हेलिकप्टरबाट अवलोकन र प्याराग्लाइडिङ उडान महोत्सवका मुख्य आकर्षणका रुपमा रहेका छन् ।

रामपुरमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो नेपाल खुला पुरुष भलिबल प्रतियोगिता पनि हुँदैछ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि शुरु भएको महोत्सव आउँदो माघ ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group