ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक


एबीसी न्यूज
३० पुस २०७५, सोमबार   १२ : ३५   बजे

परासी, ३० पुस ।  अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ ।

गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उहाँकी श्रीमती ज्ञान बेलदारले जानकारी दिनुभयो ।

बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गर्नुभयो । ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते हुनुभएको थियो ।

अहिलेसम्मको केही पैसा ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको सुनवलकी समाजसेवी विमला अर्यालले जानकारी दिनुभयो ।

ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group