ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१ फाल्गुन २०७५, बुधबार   २ : ४४   बजे


काठमाडौं, १ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
आज जनयुद्ध दिवसको अवसर पारेर नेकपाले आयोजना गरेको जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई समाजवादउन्मुख बाटोमा अगाडी बढाउन र विद्यमान परिवर्तनको रक्षाको निम्ति हिजोका सबै आन्दोलनकारी कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताउनुभएको हो ।

सहमति र सहकार्यबाट देशमा राजनीतिक आन्दोलनले सफलता पाएको स्मरण गर्दै एक्लै हिड्दा राजनीतिक सफलता प्राप्त नहुने र देशको विकास पनि गर्न नसकिने भन्दै विकास र समृद्धिको राष्ट्रिय एजेण्डामा सबै मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ । नेकपाले जनयुद्ध दिवस मनाएसँगै यसले वैचारिक र राजनीतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि हिजोका दुइ पार्टीलाई एकै ठाउँमा ल्याएको भन्दै पार्टी एकतालाई मजबुद बनाउने बताउनुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले आजको राजनीतिक परिवर्तनमा जनयुद्ध, जनआन्दोलनका शहिदहरुको महत्वपूर्ण भुमिका भएकोले उहाँहरुको योगदानलाई सम्मान गर्दै निष्ठापूर्वक शहिदको सपना पुरा गर्न लाग्ने बताउनुभयो ।

तत्कालिन नेकपा(माओवादी)ले २०५२ फागुन १ गतेदेखी जनयुद्ध प्रारम्भ गरेको दिनको सम्झनामा नेकपाले जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको हो । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणपछि पहिलोपल्ट औपचारिक कार्यक्रमसाथ जनयुद्ध दिवस मनाइएको छ । यसले नेकपालाई भावनात्मक, संगठनात्मक, राजनीतिक र वैचारिक रुपमा पार्टीलाई अझ बलियो बनाउने नेकपाका नेता, कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group