ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम मगर महोत्सव शुरु


एबीसी न्यूज
८ फाल्गुन २०७५, बुधबार   १ : ५४   बजे

लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । 

पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उहाँले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताउनुभयो । 

गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन व्यवसाय रहेकाले स्थानीय कला संस्कृति र परम्परागत पहिचानलाई कायम राख्न सरकार लागिपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका अध्यक्ष पदम गिरीले सरकारले पाँच वर्षभित्रमा विकासको लहर ल्याउने गरी काम गरेकामा जोड दिँदै त्यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । 
महोत्सवमा करीब दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित सोरठी, यानिमाया, सुनिमाया, सालैजो गीत प्रतियोगिता, डान्स आइडल, भलिबल, बास्केटबललगायतका प्रतियोगिता आयोजना गरिएको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको छ । मङ्गलबारदेखि शुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu