ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा नर्सिङपढ्न गएका १२सय नेपाली विद्यार्थी अलपत्र


एबीसी न्यूज
१० फाल्गुन २०७५, शुक्रबार   ९ : १०   बजे


काठमाडौं, १० फागुन । अष्ट्रेलियामा नर्सिङपढ्न गएका १२सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अष्ट्रेलीयन नसिंङ काउन्सीलबाट अनुमती नै नलीइ नर्सिङ अध्ययन रहेको अस्ट्रेलीयन इन्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी मा डिप्लोमा इन नसिङ गरीरहेका विद्यार्थीहरु अहिले अन्यौलमा परेका छन् । चर्को शुल्क खर्चेर अध्ययन गर्न नेपाली विद्यार्थीहरु अस्ट्रेलीया पुगेका हुन्छन् । तर सम्वन्धीत निकायहरु यसवारे जिम्मेवार नवन्दा इन्टरनेश्नल डिग्रीका लागी विदेशी मुलुकमा नेपाली विद्यार्थीले खर्चेका समय र लगानीको नास हुने देखीएको छ ।

अस्टे«लीया नेपाली बिद्यार्थीको लागी शिक्ष्ाँ आर्जनको आकर्षणको गन्तव्य बनेको छ । अस्टेलीयामा भिजा सक्सेसको रेसियो बढि भएका कारण पनि नेपाली विद्यार्थीको पहिलो रोजाइमा अस्टे«लीया पर्ने गरेको हो । लाखौ खर्चेरै भएपनि नेपाली विद्यार्थीले अष्ट्रेलियाको गन्तव्य तय गर्ने गरेका छन् ।

युवावर्गको बिदेशीने सपनालाइ उडान दिन खुलेरै व्यापार गर्ने हरुको पनि कमी छैन यहा । काठमाडौमा भवनै पच्छे कन्सल्टेन्सी प्रतिस्पर्धामा छन् । तर अस्ट्रेलीयन इन्सिटीच्ूट अफ बिजनेस एण्ड टेक्नोलोजीमा नर्सिङ अध्यनरत विद्यार्थीको बिचल्ली सार्वजनिक भएपछि भने विद्यार्थी र बिदेशी यूनिभर्सीटीबीच मध्यस्तकर्ता वनीरहेका कन्सलटेन्सीको भूमीका वारे भने गम्भीर प्रश्न उठेको छ । कतै कन्सलटेन्सीले आफ्नो मर्यादा भूलेर पैसामुखी मात्र बनेका त हैन ? यो प्रश्न नर्सिङ कोर्ष संचालन गर्न अनुमती नै नपाएको कलेजमा विद्यार्थीको भर्ना गराइ विदेश पठाउने यो कन्सलटेन्सीहरुको कस्तो खेती हो ?

वार्षिक ३५ हजारको हाराहारीमा अस्टेलीयामा शिक्षाको लागि जान चाहाने विद्यार्थीलाई नोअव्जेक्सन लेटर कुन आधारमा दिइरहेको छ शिक्षा बिभागले । कोर्ष दर्ता नै नभएको कलेजमा पढ्नका लागि किन दियो अस्टे«लीयन सरकारले भिजा ? यि सवै जिम्मेवार निकायहरु बेखवर बन्दा १२ सय बिद्यँर्थीको भविष्य अन्योलमा परेको छ ।

दर्ता नै नभएको कलेजमा विद्यार्थी भर्ना गराइ विदेशपठाउने कन्सलटेन्सी दोषी हो । तर शिक्षा मन्त्रालयको भूमिका खै यहा“ ? छात्रावृत्ती नियमावलीलाई आधार मानेर शिक्षा विभागले एनओसी दिने गरेको छ । उक्त नियमावली अनुसार नेपाल सरकारले तोकेको दस्तुर र विद्यार्थीले पढ्न चाहेको तह भन्दा एक तहमुनिको मार्कसिट वा ट्रान्स्कीप्टको आधारमा नोअव्जेक्सन लेटर पाउनु पर्ने व्यवस्था गरीएको छ ।

तर नियमावलीअनुसार विद्यार्थीले पढ्न चाहेको कयाम्पसको बारे अध्ययन गर्नुपर्ने आवश्यक्ता नरहेको हुनाले बिभागले नियमावलीलाइ आधार वनाएर एनओसी दिइरहेको छ । नेपालमा बिदेशी बिश्वविद्यालयको रिभ्यु गरी बिद्यँर्थीलाइ सुचित गर्ने चलन नभएकोले पनि यो समस्या आएको शिक्ष्ाँ मन्त्रालयका प्रवक्ता बैकुठ प्रसाद अर्याल बताउछन् ।

बिचल्लीमा परेका बिध्ँथीलाइ अरुनै क्यम्पसमा स्थानतरण गर्ने पहल भइरहेको मन्त्रालयले बताएको छ । अस्ट्रेलीयन सरकारले दर्ता नै नभएको क्यमपसमा अध्यन गर्नलाइ भिजा दिएकोमा यो बिषयलाइ कुटनैतीक तवरवाटै छलफल गरीने प्रयास भैरहेको शिक्षा मन्त्रालयले बताएको छ ।


यस घटनाका लागी कन्सल्टेन्सी पहिले दोषी देखीए पनि शिक्षा मन्त्रालय उत्तिकै जिम्मेवार रहेको ग्लोवल मुन कन्सल्ट्यान्सीका अध्यक्ष समीर लामीछाने बताउछन् । यसका अलावा विद्यार्थी आफै पनि सचेत नहुंदा यस्तो घटनाले स्थान पाएको उनि वताउछन् ।

एक त नेपालमा कन्सल्टेन्सी मनलागि ढंगमा संचालनमा छन् । यिनलाई विश्वास गर्ने आधार पनि केही छैन । नत सरकारले यिनको वर्गीकरण गरेको छ नत विद्यार्थीले नै विदेश अप्लाइ गर्नमा आफ्नो सुझवुझ प्रयोग गर्ने गर्छन् । बरु बिदेशीने आत्तुरीमा कन्सल्टेन्सीको हो मा हो मिलाउने गर्छन् विद्यार्थीले पनि । सरकारले कुन देशका कुन यूनीभर्सिटी नेपाली विद्यार्थीका लागी उचित छन् यसको पहिचान गरी विद्याथीलाइ सुचित गर्ने व्यवस्था हुनुपर्ने लामीछाने बताउछन् ।

बिदेश मोहको एउटा नकारात्मक पाटो अहिले देखीएको छ । अध्यनका लागी बिदेश पुगेका युवा यसरी अन्योलमा परेका छन् । सयौ विद्यार्थीको भबिश्यलाई कुन मोडमा लाने यसवारे नेपाल सरकारले पहल कदमी चाल्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu