ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले दियो अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन निर्देशन


एबीसी न्यूज
१३ फाल्गुन २०७५, सोमबार   १ : ५२   बजे

काठमाडौँ, १३ फागुन ।   भारतको निरन्तर आरोपपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ ।

अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ । रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।

पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ । आदेशमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वी मोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिंध र पंजाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।

बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा (एलओसी)सँग जोडिएका षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ । पीओके सरकारले नागरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ । एलओसीको नजिकका नागरिकलाई बंकर नबनाएको भए बाउन भनिएको छ । नागरिकलाई रातको समयमा अनावश्यक रुपमा बत्ति नबाल्न र र एलओसीको नजिक नजान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu