ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटा ऐतिहासिक संसद : थोरै तर ऐतिहासिक काम


admin
२८ आश्विन २०७४, शनिबार   १ : ३७   बजे

नयाँ संविधान लेख्ने अभिप्राय सहित २०६४ साल चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । त्यसपछि निर्वाचित सभासदहरु सम्मिलित संविधानसभा गठन भयो । जहाँ ६०१ सभासद सहभागी थिए । अन्तरिम संविधान २०६३ अनुसार त्यही ६०१ सदस्य रहेको संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने व्यवस्था थियो । र, अहिलेसम्म पनि त्यही संविधानसभाको रुपान्तरित प्रारुपले व्यवस्थापिका संसदको काम गर्‍यो ।

अन्तरिम संविधानमा नयाँ संविधान जारी भएलगत्तै संविधानसभा स्वत: व्यवस्थापिका संसदमा रुपान्तरित हुने व्यवस्था थियो । तर, पहिलो संविधनसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन भएसँगै संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरण हुने समय लम्बियो । दोस्रो संविधानसभाले भने नयाँ संविधान जारी गर्‍यो । र, संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरण भयो । जुन रुपान्तरित संसदको समय समेत सकिएको छ ।

दश वर्षसम्म चलेको जनयुद्धको बलमा २०६४ साल चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन सपम्म भयो । र, संविधानसभा गठन भयो । जुन संविधानसभाले व्यवस्थापिका संसदको समेत काम गरेको थियो । पहिलो संविधानसभाको निर्वाचन मार्फत निर्वाचित सभासदहरुले नेपालको संविधान लेख्ने ऐतिहासिक जिम्मेवारी पाए । तर, ६ वर्ष प्रयास गर्दा पनि पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । ठूलो राजनीतिक संघर्षकाबीच पहिलो संविधानसभा बिगठन भयो । र, सकसपूर्ण अवस्थामा दोस्रो संविधानसभाको निर्वाचन २०७० सालमा सम्पन्न भयो ।

दोस्रो पटक बनेको संविधानसभाले पनि व्यवस्थापिका संसदको समेत काम गर्‍यो । दुबै, संविधानसभा अन्तरिम संविधान अनुसार नयाँ संविधान जारी भएपछि स्वत: व्यवस्थापिका संसदमा रुपान्तरित हुनुपर्ने व्यवस्था थियो । दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्‍यो । नयाँ संविधान जारी भएपछि भने अन्तरिम संविधान अनुसार संविधानसभा व्यवस्थापिका संसदको रुपमा परिणत भयो ।

रुपान्तरिक संसदले दुई काम गर्‍यो । तर, संविधान अनुसार अब भने रुपान्तरि व्यवस्थापिका संसदको समय असोज २८ समाप्त हुँदैछ । संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म रुपान्तरित संसदको कार्यकाल हुनेछ । संविधान अनुसार नै प्रतिनिधिसभाको निर्वाचन घोषणा भएर समानुपातिक तर्फको उम्मेदवारको मनोनय दर्ता असोज २९ गते हुने भएपछि व्यवस्थापिका संसदको कार्यकाल स्वत: असोज २८ गते समाप्त हुने भएको हो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको मनोनयन दर्ता असोज २९ गते आइतबार हुँदैछ । त्यसको अघिल्लो दिन असोज २८ गते सनिबार परेकाले रुपान्तरित संसदको अन्तिम बैठक असोज २७ गते शुक्रबार बस्यो ।

चार वर्षे आर्यकाललाई आधार मान्ने हो भने रुपान्तरित संसद कात्तिक ४ गते सम्म रहनु पर्ने हो । तर, प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको र समानुपातिक तर्फको उम्मेदवारको मनोनय मिति समेत नजिकिएकाले असोज २८ मै रुपान्तरित संसद विघटनको मिति तय भएको हो । यसअघि, रुपान्तरित संसद असोज २८ वा कात्तिक ४ गतेसम्म रहने भन्ने बहस चलेका थियो । तर, सभामुख ओनसरी घर्तीले संसदको कार्यकाल असोज २८ बाट समाप्त हुने सांसदहरुलाई जानकारी गराइसकेकाले असोज २८ मा रुपान्तरित संसदको कार्यकाल समाप्त हुने भएको हो ।

यसरी, प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि रुपान्तरित संसदको चार वर्षे म्याद तीन महिनाअघि नै सकिएको छ । संसद सचिवालको तयारी अनुसार सनिबार नै परे पनि असोज २८ गते विशेष कार्यक्रम आयोजना गरिने छ । कार्यक्रममा सांसदहरु अन्तिम पटक एक ठाउँमा भेटिने छन् । संसदले अन्तिम काम कारवाही शुक्रबार नै टुङ्ग्याएको छ । त्यसैले, सनिबार विशेष बैठक बोलाइएको छ । सनिबार दिउँसो २ बजे सांसदहरुले अन्तिम फोटो खिचाएर बिदा लिने कार्यसूची बनिसकेको छ ।

सनिबारको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेतालाई सम्बोधनको कार्यसूची बनाएकाछन् भने आफूले सम्बोधन गरेर संसदको अन्त्य घोषणा गर्नेछन् । र, सनिबार नै संसद भवन नयाँ बानेश्वरमा डिनर पार्टी हुनेछ । सांसदरुहलाई व्यवस्थापिका संसदले घर फर्कन यातायात खर्च दिने छ भने उनीहरुले असोज महिनासम्मको पारिश्रमीक पाउनेछन् । सनिबार राती १२ बजेपछि यो संसदको कार्यकाल औपचारिक रुपमा समाप्त हुने छ । त्यसपछि, सभामुख बाहेकका ५ सय ९२ सांसदहरु पूर्वसांसदमा परिणत हुनेछन् । २०७० साल माघ ७ गतेको पहिलो बैठकबाट चार वर्षको आयु पाएको संविधानसभा २०७२ असोज ३ गतेपछि संसदमा रुपान्तरित भएको थियो भने २०७४ साल असोज २८ गते यो संसदको कार्यकाल समाप्त हुनेछ ।

पहिलो संविधानसभाको निर्वाचनपछि बनेको संविधानसभालाई पनि व्यवस्थापिका संसदको रुपमा काम गरेको थियो । दोस्रो संविधानसभाको निर्वाचन पछि बनेको संविधानसभाले पनि पुरानै व्यवस्था अनुसार व्यवस्थापिका संसदको काम दुई वर्ष गर्‍यो । त्यति मात्र होइन, संविधान जारी भएपछि रुपान्तरित नै भए पनि पूर्ण संसदकै रुपमा यो संसदले जिम्मेवारी निर्वाह गरेका छ ।

युगान्तकारी परिवर्तनलाई समेत संस्थागत गरेको संविधानको रुपमा व्याख्या गरिएको नयाँ संविधान जारी गर्ने ऐतिहासिक अवसर पाएको संविधानसभा अर्थात रुपान्तरित व्यवस्थापिका संसदले अनकौ सहज र असहज परिस्थितिको सामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group