ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सकी आजुले यूनेस्को प्रमुख निर्वाचित


admin
२९ आश्विन २०७४, आइतबार   १२ : २४   बजे

पेरिस, फ्रान्स, २९ असोज । संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ । यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि नयाँ प्रमुखका रूपमा आजुले निर्वाचित हुनुभएकोे हो ।

युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल–कवारीलाई झिनो मत अन्तरले हराउनु भएको हो ।
अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छाँयामा परेको थियो ।

यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरपछि यसको केही घण्टा नबित्दै इजरायलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो ।
युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘दुःखको विषय’ भएको बताएकी थिइन् ।

युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ र त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ ।

अमेरिका र इजरायलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् ।
युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu