ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकको सरकारी फौजले विवादास्पद क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लियो


admin
३१ आश्विन २०७४, मंगलबार   १२ : २६   बजे

काठमाण्डौं, ३१ असोज । इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको छ ।

विदेशमन्त्रालयकी प्रवक्ताले थप झडपहरु नगर्न सबै पक्षलाई आह्वान गरेकी छन् । उनले तथाकथित इस्लामिक स्टेट समूहलाई हराउन अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले एउटा महत्वपूर्ण उद्देश्यलाई विचलित पारेको बताएकी छिन् । इराकको सरकार फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टा नपुग्दै किर्कुकको विवादास्पद सहरलाई कुर्दिस लडाकुहरुको नियन्त्रणबाट फिर्ता लिएका छन् । बख्तरबन्द गाडी सहरको केन्द्रमा प्रवेश गरेको छ र त्यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकी झण्डा गाडिएको छ । हजारौं सर्वसाधारणहरु त्यहाँबाट अन्यत्र गइसकेका छन् । पहिला सरकारी र कुर्द फौजलाई समर्थन गरिरहेको अमेरिकी सेनाले आफ्ना मतभेदहरुलाई वार्ताको माध्यमले समाधान गर्न पटकपटक आह्वान गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कुनै पक्ष नलिएको ह्वाइट हाउसमा सञ्चारकर्मीहरुलाई बताउँदै आएका छन् । कुर्दले स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गरेको हप्तौंपछि इराकी सेना किर्कुकको विवादास्पद क्षेत्र प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu