ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायी सुमित मैनालीको घरमा कसले ग¥यो सुनिता थामीको हत्या , घटना रहस्यमय बन्दै (भिडियोसहित)


admin
१५ जेष्ठ २०७६, बुधबार   ११ : २३   बजे


काठमाडौं,१५ जेठ । काठमाडौं बसुन्धराका होटल व्यवसायी सुमित मैनालीको घरमा सुनिता थामीको रहस्यमय मुत्यू भएको छ ।

घरेलु कामदारको रुपमा काम गर्र्दै आएकी सुनिताको थामीको शव मैनालीको घरको कौशीको पानी ट्याङ्कीमुनी झुण्डिएकोे अवस्थामा भेटिएको हो । होटेल संचालक सुमितले आत्महत्या भनेपनि हत्या नै भएको आफन्तले दाबी गरेका छन् ।

बसुन्धराका होटेल संचालक सुमित मैनालीको घरमा कामदार रहेकी सुनिता थामीको मत्यू भएको रहस्य खुलेको छ । मैनाली घरमै सुनिता झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । तर सुनिता के कसरी त्यस्तो अवस्थामा मृत भेटिइन् घटना झनै रहस्यमय बनेको छ । मृतक सुनिताको आमाबाबाले जेठ ११ गते थाहा पाएका थिए ।

तर, घटनास्थलमा लाश कहिले झुण्डिएको हो ? यो अझै रहस्य पर्दाभित्रै छ । सुनिता विगत करिब ४ वर्ष देखि मैनालीको घरमा कामदारको रुपमा थिइन् । ११ गते सो घटना थाहा पाउनासाथ सुनिताको आमाबाबा पहिलोपटक काठमाडौं आए । तर, तीन दिनसम्म पनि मृतकका आफन्त र घरधनी मैनालीबीच प्रत्यक्ष कुराकानी हुन दिइएन ।

चौतर्फी दबावपछि मंगलबार घरधनी सुमित मैनाली र मृतकसुनिताको आफन्तबीच घटनाको विषयमा कुराकानी भएको छ । मैनालीको घरमा सुरक्षाकर्मी राखिएको छ र मिडिया लगायत अन्यलाई घरभित्र प्रवेशमा समेत रोक लगाईएको छ । यसले झनै घटनालाई थप रहस्यमय बनाएको छ । घटनालाई ढाकछोप गर्न बालगोपाल शिवाकोटी भन्ने व्यक्तिले दोहोरो तेहेरो भाषा बोलेको बाटै प्रष्ट हुन्छ,हेर्नुस् उनी घटनाबारे यस्तो प्रतिक्रृया दिन्छन् ।

घटना थाहा पाउनासाथ काठमाडौं आएका मृतकका आफन्त जब मैनालीको घरमा पुगेका थिए, उनीहरुसँग राम्रोे व्यवहार गरिएको थिएन । लासको बारेमा बुझ्न खोज्दा आफन्तहरुलाई पनि घरभित्र जान दिईएन र उल्टै प्रहरी बल र लाठीचार्ज गरेर मृतकका आफन्तहरुलाई मैनालीको घरबाट लखेटिएको थियो ।

आफ्नो छोरीको लास कहाँ लगेको छ ? भन्ने जानकारी समेत आमाबाबालाई थिएन । र न्यायको लागि आफ्नै गृहजिल्लाबाट पहल गर्ने उद्येश्यका साथ १२ गते मृतकका आमा बाबा तथा आफन्तहरु दोलखा नै प्रस्थान गरेका थिए । दोलखाका प्रहरीहरुले घटना घटेको क्षेत्रमा घटना दर्ता गर्नुपर्छ भनेपछि पुनः मृतक पक्षले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा १३ गते घटनाको जाहेरी दिएका हुन् । दबाबपछि १३ गते नै पोष्टमार्टमको लागि प्रहरीले महारागञ्ज शिक्षण अस्पताललाई निवेदन दिएको हो ।

दबाब पश्चात् अस्पतालमा शव बुझ्न पाएका मृतकका आमाबाबाले सुनिताको अनुहारमा निला डाम रहेको, नाकबाट रगत निस्किएको अवस्थामा रहेको बताएका छन् । घटना भएको ठाउँमा पानी ट्याङ्कीको उचाई लगभग ६ फिटको मात्रै छ । जहाँ झुण्डिएर आत्महत्या गर्नै सकिदैन । तर सोही ठाउँमा घाँटीमा कपडाले बेरिएको, खुट्टा दोब्रिएको र हातले पनि भुँई छोईरहेको अवस्थामा सुनिताको लास भेटिएको थियो ।

जहाँ ठाउँ–ठाउँमा रगत पनि जम्मा भएको थियो । मृतक सुनिताको कोठा यस्तो थियो छ कि, जहाँ एउटा थोत्रो कार्पेट पनि ओछ्याईएको छैन । कोठाभित्र पानीको ईनार पनि छ । यस्तो अस्वस्थ वातावरणमा करिब साढे ३ वर्षदेखि बालश्रम र हिंसा सहेर कसरी बसिन् ? चरम श्रमशोषणमा परिन् ।

यस घटनालाई हेरिरहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीनिरीक्षक रविराज थपलियाले पनि यस घटनाबारे खुलेर बोल्न चाहेनन् । लासको अवस्था बुझ्दा अवस्थाबारे सबै कागजपत्रमा लेखिएको भनेर नै उनले टारे । यदपी घटनाको छानबिन प्रक्रिया अगाडि बढ्ने विषयमा आश्वासन भने दिएका छन् ।।

मृतक सुनिताको पारिवारिको आर्थिक अवस्था निकै कमजोर छ । जाहेरी दिन दोलखा गएका उनीहरु दोलखाले पुनः काठमाडौं नै पठाएको हो । काठमाडौंमा कहाँ बस्ने, के खाने भन्ने समस्याले मृतकको परिवारलाई थप अप्ठ्यारेमा पारिरहहेको छ । तर देशमा भने छिटो र छरितो रुपमा पिडितलाई न्याय दिन सक्ने वातावरण छैन । तसर्थ, बाल श्रम शोषण गरी, शंकास्पद मृत्यु भएका सुनिताको सत्य, तथ्य खोजी गरि दोषीलाई कानुनको दायरामा उभाउन सम्बन्ध्ति सबै तर्फबाट गम्भिर भएर लाग्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu