ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयनगर–जनकपुर रेल सञ्चालनको काम तिब्र , व्यवसायीमा आर्थिक समृद्धिको सपना पलायो


एबीसी न्यूज
२४ जेष्ठ २०७६, शुक्रबार   ९ : ०१   बजे

काठमाडौं, २४ जेठ । कुनै बेला जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुंदा व्यापारिक केन्द्रको रुपमा स्थापित शहर थियो जनकपुरधाम । करिव एक दशक अगाडी मानिसहरुले रेल सेवालाई समान आयात र्नियात देखि भारत जाँने मुख्य साधनको रुपमा प्रयोग गर्ने गथ्र्यो । त्यती बेला व्यापारिक केन्द्रनै बनेको थियो जनकपुरधाम र व्यपारिक केन्द्र बनाएको थियो, त्यही रेल सेवाले । तर, रेलसेवा बन्द भएपछि यो क्षेत्रमा ब्यवसाय संचालन गरेका ब्यवसायीमा बिस्तारै नकारात्मक प्रभाव पर्न थाल्यो । अब फेरि रेल संचालन हुने अवस्था आएपछि जनकपुरका व्यवसायी उत्साही भएका छन् ।

व्यावसाय चौपट भएपछि कर्जाको दबाब सहन नसकेर केही व्यपारी विस्थापित भएका छन् भने केही भारत पलायन भएका छन् । जनकपुरमा एशियाली विकास बैंकबाट नगरको सडक क्षेत्र विस्तारले पनि यहा“को व्यापरीलाई मर्कामा पु¥यायो । निर्माणमा ढिलाई र सडक निर्माणले अधिकांश घर भत्काएपछि कोठा नपाउनु, घरबेटीले भाडा बढाउनु जस्ता समस्या व्यपारीलाई खेप्नु परेको छ । तर, वव्यपारिक केन्द्रको विकास जहा“ सुकै र जहिले सुकै पनि सम्भव हुन्छ । भारतको जयनगर हुदै नेपालको जनकपुर सम्म चल्ने रेलसेवाले अब आम नागरिक र व्यपारीलाई केही राहत दिने विश्वास छ । रेल सञ्चालनको काम तिब्र रुपमा भईरहेकाले जनकपुरका आम सर्वसधारणदेखि व्यापारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ ।

जनकपुरका व्यवसायीहरुको भनाईमा रेलसेवा शुरु भएपछि भारतको विभिन्न ठाउबाट मालसमान ल्याउनमा त सहज हुन्छ नै, साथै वर्षौदेखि ठप्प भएको व्यापार पनि फस्टाउछ ।

‘जनकपुर जयनगर रेल सञ्चालनले जनकपुरको बजार सस्तो हुनुको साथै व्यपारीहरु आर्थिक रुपले सशक्त पनि हुने बताउ“छन् स्थानीय व्यपारी । रेल सेवा सञ्चालनमा आएपछि व्यपारीहरुको व्यपार बढनुको साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उनको भनाई छ । रेलसेवा सञ्चालनमा आएपछि जनकपुरको विकास पर्यटनसंगै व्यापार फस्टाउ“छ र त्यसबाट व्यपारीहरुको अवसर सिर्जना हुने उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिव शंकर साहको विश्वास छ । जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरु भएकोले भारतबाट ठूलो संख्यामा पर्यटक आउने र त्यसबाट राजश्वमा समेत योगदान पुग्ने शाहले बताए । रेल सञ्चालनले व्यपारीहरुको व्यपार फस्टाउ“छ । रेल परिक्षणको क्रममा सर्वसाधारणसंगै व्यपारीहरु पनि रमाएको देखिन्छ । जनकपुर राजधानी भएको हुनाले यहा“को व्यवसाय स्वत फस्टाउने ब्यापारी बताउ“छन् । प्रदेश २ को राजधानी नै बन्ने सम्भावना रहेको जनकपुरमा रेल सेवा सञ्चाल भएपछि पर्यटकको घुईचो लाग्ने भन्दै पर्यटनले यहाको व्यवसायमा ठुलो टेवा पुग्ने बताउ“छन् ब्यवसायी शिव शंकर शाह ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले व्यवस्थित सडक र रेल सञ्चालनमा आएपछि जनकपुरको व्यपार फस्टाउने अशा पलाएको बताउ“छन् । जयनगर–जनकपुर रेल सेवा सञ्चालन भएपछि आम नागरिक र व्यपारी लाभावान्वित पक्कै हुने छन् । जसले गर्ला रेल सेवा सञ्चालनमा आएपछि बजार सस्तो हुनु र व्यपार स्वभाविक रुपमा बढ्ने छ ।

रेल सेवा बन्द भएपछि व्यपारिहरु त मार्कामा परे नै र जनकपुरले आफ्नो एउटा इतिहास गुमाए झै महसुस समेत गरेको छ । तर फेरि एकपटक रेल आउने कुराले आम जनकपुरवासीलाई निकै उत्साहित पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group