ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ – राष्ट्रपति भण्डारी


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ११ : ५२   बजे

काठमाडौं, २६ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा आवश्यक प्रविधिका सघाउँदै विश्वविद्यालयले विकसित मुलुकमा झैँ शिक्षाका साथै आम्दानी र समृद्धिका लागि पनि काम गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालयहरु ज्ञान र अनुसन्धानका आधारमा अगाडि बढ्नुपर्छ । अहिलेको विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य भएको छ । यस दिशामा त्रिभुवन विश्वविद्यालय अग्रसर हुनुपर्छ ।”

शान्ति र सहिष्णुका अग्रदूत गौतम बुद्धको जन्मस्थल रहेको नेपालमा प्राचीनकालदेखि नयाँ खोज र चिन्तनको परम्परा रहेकाले वर्तमान समयमा शिक्षित र चेनतनशील समुदाय थप नवप्रवर्तनका लागि लाग्नुपर्ने जनाउँदै उहाँले विश्वमा विज्ञान र प्रविधिले भूमण्डलीकरणमार्फत विश्वलाई ग्राममा रुपान्तरण गरेको सन्दर्भमा लोककल्याणकारी न्यायोजित मानव समाज निर्माणका लागि उच्चशिक्षाले दिशानिर्देश गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरु गुणस्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा जाने क्रमले अन्तरविषयक ज्ञान र बहुसांस्कृतिक अनुभव एवं अनुसन्धानका लागि सामयिक हुने बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले विश्वविद्यालयको इतिहासमा यो सम्मेलन नयाँ कोसेढुङ्गा सावित हुने बताउँदै परिवर्तित सन्दर्भमा उच्चशिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आफूहरुले नीतिगत सुधार गरेको जानकारी दिनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदी अनुसन्धानमुखी र गुणस्तरीय उच्च शिक्षाका लागि आयोगले सघाउँदै आएको बताउनुभयो । शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले उपयुक्त पाठ्यक्रम, अनुसन्धान र व्यवस्थापनको संयोजनले मात्रै विश्वविद्यालय शिक्षा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको हुने बताउनुभयो ।

नेपालसहित विभिन्न सात मुलुकका विज्ञहरुको कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा उच्च शिक्षाका पाठ्यक्रम र अध्यापक शास्त्र, अनुसन्धान र नवप्रवर्तन तथा उद्यमीकरण र व्यवस्थापन आदिबारे अनुभव आदान–प्रदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group