ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा ‘अत्यधिक गर्मीका’ कारण चार रेलयात्रीको मृत्यु


एबीसी न्यूज
२९ जेष्ठ २०७६, बुधबार   ११ : ४३   बजे


नयाँ दिल्ली, २९ जेठ । भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको मङ्गलबार भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन् ।

मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ । मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध भएको पनि बताइएको छ । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।

भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले एएफपीलाई भन्नुभयो, “रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्ने बताउनुभयो । यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ ।”
उहाँले भन्नुभयो, “रेल जव झाँसी नजिकै पुगेको थियो त्यति नै वेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो । तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो ।”

“एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो,” सिंहले भन्नुभयो ।उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu