ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा महिलाको उम्मेदवारी शून्य


admin
७ कार्तिक २०७४, मंगलबार   १ : १३   बजे

भोजपुर, ७ कात्तिक ।  आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ ।

भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ ।

नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट काँग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो ।

त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनबाट प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेश सभाको लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो ।

साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट डिल्लीराम बोहोरा, नयाँशक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट धु्रवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा (माले) बाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Supreme Court Allows Trump Administration To Pursue Mail Voting Restrictions

Haiti Reels After Deadly Gang Attack Kills At Least 30

Chinese Premier Li Qiang Meets With Jordan’s King Abdullah II

China’s Top Political Advisor Meets With U.S. Delegates

US Sanctions Intensify Pressure on Iran, Ripple Through Global Markets

United States Removes Syria From State Sponsor Of Terrorism List

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu