ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लाष्टिक पिच सडकको अभ्यास किर्तिपूरमा


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ११ : १८   बजे


काठमाडौं, १२ असार । किर्तिपुर नगरपालिकामा पूर्वाधार निर्माण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा प्रविधिमैत्री नगर स्थापनाका लागि पहल भईरहेको छ । प्लाष्टिक पिचको अभ्यास गरिसकेको नगरपालिकाले जेष्ठ नागरिकलाई अहिले डाइबेटिज, उच्च रक्तचापको औषधि निःशुल्क वितरण गरिरहेको छ ।

किर्तिपुर नगरपालिका अन्तर्गतको तीनकुने नयाँबजार क्षेत्रमा लगभग १२ सय स्क्वायर मिटरको सडकमा प्लाष्टिक पिचको अभ्यास भयो । करिब १९ लाख ८० हजारमा सो कार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ । पुनः प्रयोग गर्न नमिल्ने सुर्तिजन्य पदार्थको प्लाष्टिकको खोल लगायतका करिब ५ सय किलोग्राम जतिको विभिन्न प्लाष्टिकको खोलको प्रयोग गरि प्लाष्टिक पिचको अभ्यास गरिएको हो । भारत र भुटान लगायतका छिमेकी मुलुकमा प्लाष्टिक पिच सडकको अभ्यासपश्चात् नेपालमा पनि पोखरा पछि यो अभ्यास किर्तिपुरमा गरिएको हो । सामान्य पिच भन्दा बढी टिकाउ हुने र प्लाष्टिक पदार्थ नियन्त्रण गर्दै वातावरणमैत्री पूर्वाधारण निर्माण गर्ने लक्ष्यका साथ प्लाष्टिक पिच गरिएको नगरपालिकाले बताएको छ ।

त्यसो त, प्रविधिमैत्री शिक्षाका लागि पनि नगरपालिकाले पहल गरिरहेको छ । किर्तिपुर नगरका सामुदायिक विद्यालयहरुमा २ सय ओटा कम्प्युटर वितरण गरिएको छ भने नगरका विद्यालयहरुमा सूचना तथा प्रविधि सम्बन्धि तालिम दिइएको छ । आगामी आर्थिक वर्षमा नगरका सबै विद्यालयहरुमा ई–लाईब्रेरी स्थापना हुने लक्ष्य रहेको पनि नगरपालिकाले जानकारी दिएको छ ।

यसगरी किर्तिपुर नगरपालिकामा स्थानीय जेष्ठ नागरिकहरुका लागि डाईबेटिज र उच्च रक्तचापको औषधि निःशुल्क रुपमा वितरण भईरहेको छ । पक्षघातीहरुका लागि स्याहारसुसार भत्ता समेत वितरण भईरहेको नगरपालिकाले जानकारी दिएको छ । विशेष गरी स्वास्थ्य र शिक्षा केन्द्रित कार्यक्रमहरु भईरहेको कीर्तिपुर नगरपालिकामा बृहत ढल निकासका लागि लगभग ३ करोड बराबरको काम सम्पन्न भईसकेको नगरपालिकाले जानकारी दिएको छ ।

यसै गरि बाटो विस्तार अन्तर्गत ४ मिटरको बाटो ८ मिटरसम्म, ८ मिटरको बाटो १ किलोमिटर र २ किलोमिटर सम्म फराकिलो हुने कामहरु भएको नगरपालिकाले जनाएको छ । यसै गरि लैङ्गिक समानतालाई ध्यानमा राखेर नगरका उत्पीडित र दलित समुदायको परम्परागत पेशालाई संरक्षण एवम् सम्वद्र्धन गर्नका लागि पनि विभिन्न तालिम एवम् उपकरणहरु वितरणका कामहरु भईरहेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रविधिमैत्री नगरका लागि कीर्तिपुर नगरपालिकाले लिएको पहलकदमीहरु स्वागतयोग्य छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायत विभिन्न क्षेत्रमा कामहरु भए पनि खानेपानी, रोजगार र कृषि क्षेत्रको समस्या अझै पनि उस्तै रहेको नगरबासीको गुनासो छ । तसर्थ, नगर एवम् देश विकासका लागि प्रविधिमैत्री सँगसँगै स्वच्छ वातावरण निर्माणलाई पनि ध्यानमा राख्दै अघि बढ्न सके अझै उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu