ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मी बढेसंगै सर्पदंशका बिरामी बढे, टेकु अस्पतालमा मात्रै दैनिक ७ जना बिरामी आउंछन्


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   ८ : ३३   बजे


काठमाडौं, १३ असार । गर्मी मौसम सुरु भएसंगै सर्पदंशका विरामीको संख्या पनि बढ्न थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ ।

काभ्रेकी ४९ वर्षिया लेखकुमारी फुयाललाई गाइबस्तुका लागि घांस काट्न जांदा सर्पले टोक्यो । घांस काट्दै गर्दा दिउसो साढे ४ बजेतिर उनलाई सर्पले टोकेको थियो । त्यसपछि लगत्तै उनि नजिकैको मेडिकल गइन् । त्यहा उपचार सम्भव नभएपछि ३ दिन अघि राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुगेर भर्ना भएर उपचार गराइहेकी छन् ।

गर्मी बढेसँगै सर्पले टोकेर अस्पताल आउनेको सख्या बढेका छन् । अस्पतालमा दैनिक ६, ७ जना शर्पदंशका बिरामी पुग्न थालेका छन् । सर्पदंशको समस्या तराइमा सबैभन्दा धेरै देखिन्थ्यो ।

तर, यसपटक त पहाडी क्षेत्र हरियो रंगको हर्रेऊ सर्पले टोकेका अधिकाशं बिरामी सर्पदशंको उपचार गर्न आएका छन् । गुल्मीकी इन्द्रा खरेललाई पनि बिहान घांस काट्न जादा हर्रेउले नै टोकेपछि बेहोस जस्तै भइन् । उनि जिल्लामा उपचार सहज नभएपछि राजधानीको टेकु अस्पताल आइपुगिन् । हर्रेउले टोकेको ठाउमा निकै ठुलो फोका आएपछि उनी भर्ना भएरै उपचार गराइरहेकी छन् ।

गर्मी बढेसंगै हर्रेउलगाएत अन्य प्रजातिका सर्पले टोकेका बिरामीको चाप पनि असपतालमा बढेको छ । गोमन लगाएत सर्पले टोकेर पनि टेकु अस्पताल आएका बालबालिकाको संख्या धेरै छ ।

चिकित्सकका अनुसार सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु पर्दैन । जसको रगतमा विष देखिन्छ, उनीहरुलाई मात्र भर्ना गरिन्छ । भर्ना हुनेहरु भने कम्तीमा ७ दिन देिख १५ दिनसम्म बस्नुपर्छ ।

तराइमा सर्पले टोक्यो भने छिटो विष छिटो शरीरमा फैलन्छ । किनभने त्यहां बढी विषालु सर्प हुन्छन् । समयमै उपचार नगराएमा मृत्यु हुने सम्भावना अत्याधिक हुन्छ । तर पहाडमा पाइने सर्प त्यति विषालु नहुने चिकित्सक बताउछन् ।

जेठ महिनादेखि हालसम्म मात्रैसर्पले टोकेका ३९ जना बिरामी आइसकेका छन् । सर्पले टोकेपछि त्यो ठाउंमा चुस्ने, विभिन्न घरेलु औषधी लगाउने र सर्पलाई मार्ने प्रचलनमा रहेकोमा त्यसो गर्न नहुने डा. पाण्डेको भनाइ छ ।

अस्पतालका अनुसार विषेश गरेर भक्तपुर, ठिमी, ललितपुरका गाउं काभ्रे, सिन्धुपाल्चोक धादिङ, गोर्खा, नुवाकोट लगायतबाट सर्पले टोकेका धेरै बिरामी उपचार गराउने गर्छन् । सर्पले टोकेका बिरामी जेठको अन्तिम साताबाट सुरु भएर असार, साउन, भदौसम्म अस्पताल आउने संख्या बढी हुन्छ ।

समयमै सर्पदशंको उपचार गराउन सके विषालु सर्पको विष लागेका बिरामीलाई पनि बचाउन सकिन्छ । तर, सर्पदंशको उपचारका लागि राजधानी बाहिरका अस्पतालमा सधैंभर औषधी अभावको समस्या यथावतै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीका ३२ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

रसुवागढी र भोटेकोसी प्रभावितका लागि सहुलियतपूर्ण पुनःस्थापना प्याकेज बनाउने सरकारको निर्णय

सम्बन्धित

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu