ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   २ : १८   बजे

 

काठमाडौं, १७ असार ।  अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ ।
अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पार्नुभयो ।

आजबाट काठमाडौंमा सुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनुभयो । ५० लाखभन्दा बढि युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

उहाँले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्ने हुने क्रम बढकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराउनुभयो । नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ सो २ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group