ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्दननाथ मन्दिरबाट चोरी भएका ऐतिहासिक महत्वका मूर्ति भेटिएनन्


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ९ : २८   बजे


खलङ्गा, १८ असार । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएको छैन । विसं २०७३ मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्वका मूर्ति चोरी भएका थिए ।

मन्दिरबाट मुख्य दत्तात्रयलगायत २१ थान मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म पनि प्रहरीले अनुसन्धानको नतिजा ल्याउन सकेको छैन । मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले बताउनुभयो । “कोहलपुरमा शङ्ख फेला परेपछि पहिचानका लागि जुम्लामा ल्याएर गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले कोहलपुर पठाइसकेका छौँ ।” उहाँले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो । मन्दिरबाट चोरी भएका मूर्तिमध्ये केही मूर्ति बेवारिसे अवस्थामा फेला परेका थिए ।

गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ मूर्ति र दुई शङ्ख फेला परेका थिए । दाउरा ल्याउन घर नजिकैको जङ्गल जाँदै गर्दा चोरी भएको एक महीनापछि बाटोमा बेवारिसे अवस्थामा मूर्ति फालिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । नयाँ मूर्ति प्रतिस्थापन मन्दिरमा २७ घण्टा लगातार पूजापछि दत्रात्तयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । मन्दिरमा २७ घण्टे अखण्ड हवन पूजा गरेपछि नयाँ मूर्ति राखिएको छ । विसं २०७३ मङ्सिर १२ गते मन्दिरका सबै मूर्ति चोरीपछि यति लामो पूजा नभएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मूर्ति चोरी भएको एक वर्षपछि भारतको देहरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको गुठी व्यवस्थापन समिति सचिव रमानन्द आचार्यले बताउनुभयो । “मन्दिरबाट चोरी भएका केही मूर्ति बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रयको मूर्ति अझै फेला परेको छैन”, उहाँले भन्नुभयो, “मुख्य मूर्तिविनै मन्दिरमा पूजाआजा गरिँदै आएको छ, पछि पुरानो मूर्ति भेटिए त्यसलाई नै राख्ने शर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।”

तत्कालीन समयमा मन्दिरका पुजारी र स्थानीय जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको थियो । उनीहरूलाई जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

पूरै मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ । मन्दिरमा पाँच प्रहरीले चौबीसै घण्टा सुरक्षा दिने गरेका छन् । मन्दिरलाई अहिले सिसीक्यामेराको निगारानीमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu