ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनेलाई कारवाही गर्नुपर्छ – गृहमन्त्री


एबीसी न्यूज
२२ असार २०७६, आइतबार   ४ : १२   बजे


काठमाडौं, २२ असार । गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आज यहाँ दीक्षान्त समारोहमा उहाँले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उहाँले बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरवाही सिङ्गो प्रहरी सङ्गठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ ।” प्रहरी कुनै पनि घटनाको पहिलो साक्षी अनुसन्धानकर्ता र न्यायाधीश भएको भन्दै थापाले प्रहरीले गरेका हरेक क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चितता हुने र कुनै लापरवाही गरेमा अभियुक्तले छुट पाउनजाने अवस्था हुने बताउनुभयो ।

देशको अवको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको भन्दै उहाँले व्यावसायिक जीवनमा आइपर्ने चुनौतीलाई आफ्नो इमान्दारी, निष्पक्षता र व्यावसायिक कौशल र युक्ति लगाएर परास्त गर्न निर्देशन दिनुभयो ।

महिला, दलित एवं समाजका सीमान्तकृत समुदायप्रति हुने गरेका गैरमानवीय व्यवहारको घटना सुन्दा आफूलाई पीडाबोध हुने गरेको भन्दै उहाँले यस्ता कार्यलाई समाजबाट निरुत्साहित गर्न र पीडकलाई दण्डित गर्न दीक्षित भई जाने प्रहरीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता अमानवीय क्रियाकलापलाई समाजमा उन्मुक्ति नदिने प्रतिबद्धताका साथ परिचालन हुन निर्देशन गर्दछु ।”

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रभाव र प्रलोभनले व्यावसायिक जीवन धूमिल पार्ने हुँदा यसतर्फ सचेत रहन निर्देशन दिनुभयो । सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक पुष्कर कार्कीले बफादारीका साथ सङ्गठनको गरीमा बढाउन दीक्षित भई जानलागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिनुभयो । हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थी एवं प्रशिक्षकलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu