ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था हुनुपर्छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   २ : २०   बजे

 

काठमाडौँ, २७ असार । सरकारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने घोषणा गर्नु भएको हो । शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै उहाँले पार्किङलगायतका अस्पतालका अन्य समस्या पनि सरकारले छिट्टै समाधान गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पु¥याएको जापान सरकारप्रति पनि आभार व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा सो अस्पतालले पु¥याएको सेवाको पनि खुलेर प्रशंशा गर्नु भयो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिनु भयो । उहाँले देशका विभिन्न भागमा रहेका ५ वटा उपक्षेत्रीय अस्पतालहरुलाई विशिष्ट सेवासहितको अस्पतालको रुपमा विकास गर्ने सरकारले नीति रहेको पनि स्मरण गराउनु भयो । प्रदेश मातहत रहने ती अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उहाँको भनाई छ ।

२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो अस्पतालको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो । पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group