ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैयां जरिवाना


ABC NEWS
१ श्रावण २०७६, बुधबार   ८ : ०३   बजे

 

बन तथा वातावरण मन्त्रालयले चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना गरेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ ईआईए० उल्लघंन गरेर बनाइएको चन्द्रागिरी हिल्स लिमिटेडलाई २० लाख रुपैया“ जरिवाना गरेको हो । चन्द्रागिरी हिल्स लिमिटेडलाई पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नगरेसम्म सञ्चालन गर्न नपाउने भएको छ । चन्द्रागिरिलाई वातावरण ऐनको धारा १८ ९१० मा व्यवस्था अनुसार कारवाही गरिएको बन तथा वातावरण मन्त्रालयले जनाएको छ । वातावरण ऐनको धारा १८ ९१० मा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ ईआईए० उल्लघंन गर्नेलाई ५ देखि २५ लाख रुपैया“सम्म जरिवाना र पूरक प्रतिवेदन व्यवस्था गर्नुपर्ने छ । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएको छ । चन्द्रागिरिले बनाएका संरचना ईआईए प्रतिवेदनमा उल्लेख भएजस्तो वातावरणमैत्री र कटेज नभई कंक्रिट टावर भएको पुष्टि भएको छ ।


वन मन्त्रालयका प्रवक्ता सिन्धु प्रसाद ढुंगानाले चन्द्रागिरिलाई २० लाख रुपैयां जरिवना र र पूरक इआए गर्ने मन्त्रीस्तरीय निर्णय भएको बताएका छन् ।
वातावरणीय प्रभाव र नियम भन्दा बाहिर गएर चन्द्रागिरि हिल्सले एक सय कोठा क्षमताको रिसोर्ट बनाइरहेको छ । निर्माणाधीन रिसोर्टका ४८ वटा कोठा सञ्चालनमा आएको हिल्सका प्रवन्धकले बताए । २०६९ भदौ १९ मा हिल्सले ४ देखि ८ कोठा सम्मका ४०वटा कटेज बनाउने स्वीकृत लिए पनि ५ वटा सिमेन्टेट भवन बनाएर राजनीतिक पहुंचका आधारमा ती सबै नियम उल्लंघन गर्दै आएको छ ।
चन्द्रागिरि हिल्सको बद्मासी र पटक पटक नियम उल्लंघन गरेपछि त्यस विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकारकामा पनि उजुरी परेको छ ।
चन्द्रागिरि हिल्सले आफ्नो रिसोर्टलाई ५ तारे रिसोर्ट भन्दै मार्केटिंग गरिरहेको छ । चन्द्रागिरि केवुलकार र यी संरचना बन्ने बेलादेखि नै यो परियोजना विवादित बन्दै आएको र पटक पटक देखावटी कारबाहीसमेत हुने गरेको छ । तर पनि हिल्सका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राजनीतिक पहुंच र जे पनि गर्न तयार हुने शैलीका कारण उनको अवैधाकि क्रियाकलापमा बन्देज भने लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन

भोटेकोसीमा फेरि पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu