ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   १२ : ३६   बजे


भद्रपुर, २ साउन । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो । झापामा असार अन्तिम साताको बाढीमा तीन बालबालिकाको मृत्यु भएको छ भने बेपत्ता हुने सुफल मात्र हुन् ।

बेपत्ता सुफलकी पत्नी तलामी हस्दाले प्रहरी चौकी चारआली र मेचीनगर नगरपालिका–१४ को कार्यालयमा खोजीकार्य गरिदिन निवेदन दिनुभएको छ । फुलबासाखोलाको डिलमा छाप्रे घर भएका सुफलको पत्नी, एक छोरी र दुई छोरा छन् ।

मेचीनगर–१४ का अध्यक्ष शङ्कर पोखरेलले गाउँले, आफन्त र प्रहरी मिलेर खोज्दा सुफलको सास वा लाश केही फेला नपरेको बताउनुभयो । खोलाले बगाउँदै गरेको देख्नेहरु भएको हुँदा सुफल जीवित भेटिने आशा नभएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ ।

डेढ दशकअघि सवारी दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका सुफलले वैशाखी टेकेर हिँड्ने भएता पनि एक खुट्टाको भरमा दिनभर खेतमा आली लगाउने, बीउ काढ्ने, घर निर्माणमा इँटा सिमेन्ट जोड्नेलगायतका कृषि तथा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएको छिमेकी ढेना बेस्रा बताउनुहुन्छ ।

खोलाले बगाएको भोलिपल्ट घरैमा आएर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले खोजविन गर्न रु दुई हजार नगद सहयोग दिनुभएको बेपत्ता सुफलका वयोवद्ध बुबा चरण हस्दाले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्रहरीले बेपत्ताको मुचुल्का प्रमाणित गरेर नगरपालिकाको प्रक्रिया पूरा भएपछि बेपत्ता परिवारले सरकारी राहत पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन

भोटेकोसीमा फेरि पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

सम्बन्धित

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

आज जनैपूर्णिमा पर्व मनाइँदै

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu