ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान् छ– विकासमन्त्री घिमिरे


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   ५ : ५०   बजे

 

काठमाडौं, १ भाद्र । प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन प्राविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरि क्षमतावान भएर उभिनसक्ने बताउनुभएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएपछि उठेका प्रश्नको जवाफको क्रममा उहाँले विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्च जनशक्ति उत्पादन हुने जानकारी दिँदै नेपालको संविधान २०७२ को क्षेत्राधिकारबाट नै यो विश्वविद्यालय स्थापना गर्न लागेको स्पष्ट पार्नुभयो ।

उहाँले सो विश्वविद्यालय राजनीतिक आग्रह वा पूर्वाग्रहबाट नभइ प्रचलित ऐन र कानूनबाट सञ्चालन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो । भौत्तिक सम्पति र मानवीय संशोधनले भरिपूर्ण रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन लागेकामा गर्वको अनुभूति भइरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले विश्वविद्यालयलाई साझेदारीमा सञ्चालन गरिने बताउनुभयो । सो विधेयकमा सदस्य खिनु लाङ्बा लिम्बू, चुमनारायण तवदार, नवोदिता चौधरी, राजकुमार ओझा, वीणदेवी राई र सावित्राकुमारी रेग्मीले विश्वविद्यालयका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र

वाग्मतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक मंगलबार बस्ने

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu