ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जनयुद्ध’का सहयोद्धा फरक पार्टीबाट एकै क्षेत्रमा चुनावमा भिड्दै


admin
१४ कार्तिक २०७४, मंगलबार   ५ : ००   बजे

गोरखा, १४ कात्तिक ।  तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बन्नुभएका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक÷फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहौल रोचक बनेको छ ।

माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँहरूले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बन्नुभएको हो । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार बन्नुभएको छ । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उहाँ कारागार तोड्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उहाँ बाहिर निस्कनु भएको थियोे ।

नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बन्नुभएको छ । माओवादीमा रहदा उहाँ तीन पटकसम्म ककारागारमा पर्नुभएको थियो । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गर्नुभएको थियो ।

विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत हुनुभएको थियो ।

नहर्कीको संघर्षपूर्ण यात्रा 

कारागारबाट सुरुङ खनेर बाहिर निस्कनुभएकी नहर्की त्यसअघि पनि पटक÷पटक कारागार पर्नुभएको थियो । विसं. २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बन्नुभएकी उहाँ सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार पर्नुभयो भने०५६ मा फेरी पक्राउ पर्नुभएकी उहाँ ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुग्नुभएको थियो ।

राजनीतिमा संघर्ष गर्दागर्दै उहाँ एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार हुनुभयो । क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उहाँ अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

राजनीतिमा गरेको संघर्ष चुनाव जित्ने गतिलो आधार रहेको बताउनुहुने नहर्की अहिले चुनावमका लागि घरदैलो कार्यक्रममा हुनुहुन्छ । यसअघि स्थानीय तह निर्वाचनका बेला गोरखाको प्रमुख पदका लागि उहाँ टिकटको दाबेदार हुनुहुन्थ्यो तर सो बेला पार्टीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाए पनि काँग्रेसका राजनराज पन्तसँग पराजित हुनुभयो । गोरखा– २ (क) प्रदेशमा गोरखा नगरपालिका– ८ देखि १४ वडा पालुङटार नगरपालिका पर्छ ।

राजनीतिमा हरेश नखाएका हरिशरण  

आचार्य विद्यार्थी नेताको रूपमा चिनिनुहुन्छ । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिनुभएका उहाँ ०५४ मा पूर्णकालिन कार्यकर्ता हुनुभयो । विसं ०५४ मा पहिलोपटक पक्राउ पर्नुभएका उहाँ किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुट्नुभएको थियो ।

विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभएका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ पर्नुभयो । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुट्नुभएको थियो ।

विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय हुनुभएका उहाँ उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लाग्नुभयो ।

नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बन्नुभएका आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार हुनुहुन्थ्यो तर उहाँको सटृा अशोक देवकोटाले टिकट पाए पनि काँग्रेसका दीपकबाबु कँडेलसँग पराजित हुनुभयो ।

पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउनुहुन्छ । विकास र संमृृद्धिका लागि जनताले भोट दिने आचार्यको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर

रास्वपाको संशोधित विधानमा शक्तिशाली सभापति, निर्देशन नमाने प्रधानमन्त्रीसमेत पदमुक्त हुने व्यवस्था

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu