ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको न्यूयोर्कमा ट्रक ड्राईभरको लापरबाहीको कारण आठजनाको मृत्यु, १२ जना घाइते


admin
१५ कार्तिक २०७४, बुधबार   १२ : ०५   बजे

काठमाण्डौं, १५ काक्तिक । अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा आठजनाको ज्यान गएको छ ।

घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिकअप ट्रक जोताएपछि एउटा स्कूल बससंग ठोक्काएको प्रहरीले जनाएको छ । त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए । लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ ।

घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै ’आतंकवादी आक्रमण’का पीडित र उनीहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रहरीले ठूलो आतंकवादी षड्यन्त्रण अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ । प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले भने ट्रक चालक ढलिसकेको एकजना प्रत्यक्षदर्शीले बताए । अर्का प्रत्यक्षदर्शीले ९÷१० राउण्ड गोली चलेको आवाज आफूले सुनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu