काठमाडौं, ३० भदौ । चाडपर्व नजिकिएसंगै उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गरेको हो । खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बनेपछि दुई संस्थानले चाडपर्वको अवसर पारेर खाद्य सामग्री पसल संचालन गर्दै आएका छन् ।
चाडपर्वको समयमा बजारमा किनमेल बढी हुने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना भई कालोबजारी हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । उपत्यकास“गै उपत्यका बाहिरका ठाउ“मा समेत सहुलियत पसल सञ्चालन हुदै आएका छन् । चाडपर्वमा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइ उपभोक्ता ठगिन सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलव्ध गराउ“दै आएको छ ।
उपत्यका भित्र कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर लगायतका ठ“ाउमा सहुलियत पसल सञ्चालन हुदै आएको छ । उपत्यकाभन्दा बाहिरी जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पाेरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोगका सामान वितरण गरिदै आइएको छ । बिगत ५ वर्ष देखि सेवा दिदै आएको सहुलियत पसलमा उपभोग्य सामग्रीमा प्रतिकेजी पा“च रुपया“ देखि १० रुपया“ सम्म छुट दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अंचल प्रवन्धक रणबहादुर बुडाथोकिले जानकारी दिए ।
खाद्य व्यवस्था तथा गुणस्तरको वर्गीकरण गरि गुणस्तरयुक्त खाद्य सामग्री मात्रै बजार पठाउननिर्देशन दिइएको बताउ“छिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सन्जु रानी मण्डल ।
सहुलियत पसल तथा खाद्य संस्थानले दिएको सुपथ मूल्यमा दैनिक उपभोगका समानले ग्राहकलाई धेरै सजिलो भएको र सुपथ मुल्यमा गुणस्तर युक्त सामान पाउ“दा सन्तुष्ट भएको ग्राहक बताउ“छन् । गा्रहक चाडपर्व नजिकिएसंगै बजारमा बढी चहलपहल हुने ह“ुदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने प्रवृति बिगतका बर्ष देखिनै चल्दै आएको छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालनमा ल्याएको हो । यसलाई सरकार तथा सरकारवाला निकायले बेला बेलामा अनुुगमन गर्नै पर्छ, होइन भने सरकारले संचालनमा ल्याएको सुपथ मुल्य पसल पनि अन्य पसल सरह नहोला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्