ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रबिरोधी अराजक समुहको प्रतिवाद गर्न युवा–बिद्यार्थीलाई अध्यक्ष प्रचण्डको निर्देशन


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   १० : ३७   बजे

काठमाडौं, भदौ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध सुनियोजित रुपमा अफवाह फैलाउने अराजक समुहको प्रतिवाद गर्न पार्टीका युवा तथा बिद्यार्थलाई निर्देशन दिनुभएको छ ।

नेकपाका नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसकोअवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कलिलै छ, कलिलोमै यसलाई मार्न सकिन्छ कि भनेर प्रतिक्रियावादीहरु लागिरहेका छन । आजभोलि त्यो प्रयाश भइरहेको छ । परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट गर्नुपर्छ, संकल्प गर्नुपर्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो, केही अराजक तत्वहरु यो ब्यवस्थाकै बिरुद्ध लागिपरेका छन, जनतालाई भ्रममा पार्दै हत्केलाले सूर्य छेक्न खोज्ने त्यस्ता अराजक तत्वहरुलाई प्रतिवाद गर्न म युवा बिद्यार्थीलाई बिशेष निर्देशित गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले पोष्टबहादुर बोगटीको निष्ठा र काम फत्ते गर्ने शैलीलाई सवै नेता कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताउनु भयो । युद्धकालमा जति पनि अप्ठ्यारो काम उहाँकै नेतृत्वमा फत्ते गरेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । ‘सवैले प्रेरणा लिनुपर्नै बहुआयामिक ब्यक्तित्वको धनी हुनुहुन्थ्यो बोगटी,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘श्रमजीवि बर्गको एउटा भरपर्दो नेता हुनुहुन्थ्यो बोगटी ।’ कार्यक्रममा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले स्वर्गीय बोगटीबाट धेरै कुरासिक्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group