बाँके, १ असोज । अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । सेतु विक चोकलगायतका स्थानमा पानी जम्दा आवागमनमा कठिनाइ भएको छ । नगरका केही घरभित्र पानी पसेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य छ ।
प्रतिक्रिया दिनुहोस्