ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको राजनीतिक परिवर्तन विश्वका लागि नमूनायोग्य कदम– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   २ : ३४   बजे

काठमाडौं १ असोज । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पु¥याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मंच स्थापना गर्नु परेको बताउनु भएको छ ।

मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले पु¥याएको योगदानको चर्चा गर्न पनि सो मंच उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । ‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनर्निर्माण कार्यमा भएको तीव्रता, लैगिङ तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन पनि सो मंचको स्थापना गरिएको बताउनु भयो । २/२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तरगत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ ।

मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको पनि स्पष्ट पार्नु भयो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu