ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय


एबीसी न्यूज
१ आश्विन २०७६, बुधबार   २ : ५६   बजे

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनु भएको हो । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन्,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होईन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ ।

त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।’ सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गर्नु भयो । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पु¥याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu