काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनु भएको हो । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन्,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होईन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ ।
त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।’ सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गर्नु भयो । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पु¥याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्